उपत्यकामा १,९३५ सहित मुलुकभर ३,७४९ जनामा कोरोना संक्रमण

174

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५ सय ६४ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार १६ हजार ५ सय ९८ पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी, काठमाडौंमा एक हजार ६ सय ९३, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी काठमाडौ) उपत्यकामा बिहीबार एक हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना र होम आइसोलेसनमा २४ हजार १ सय ९४ जना रहेको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८ सय २५ जना रहेका छन् । कोरोना संक्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३ सय १४ जनाको आइसियुमा उपचार भइरहेको उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...