आइतबार सुनको मूल्यमा सामान्य वृद्धि

203

काठमाडौं । स्थानीय बजारमा आइतबार पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने रु २ सयले बढेर रु ९४ हजार ५ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ ।

यस्तै, चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार १ सय ७५ रहेको चाँदी आइतबार भने रु एक हजार १ सय ८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...