आइपिएल २०२० : दिल्लीद्वारा राजस्थानलाई १६२ रनको लक्ष्य

249

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

पहिलो बलमै दिल्लीका ओपनर पृथ्वी शाँलाई शून्य रनमा गुमाएको दिल्ली केहि दवावमा रह्यो । यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अजिङ्क्य रहानेपनि व्यक्तिगत दुई तथा टोलीको स्कोर १० रन हुँदा आउट भएपछि झनै मुश्किलमा परेको थियो ।

तेस्रो विकेटका लागि कप्तान श्रेयास आयरसँग ८५ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीको रनलाई अगाडि बढाउने क्रममा शिखर धवन ५७ रनमा आउट हुन पुगे । धवनले ३३ बलमा २ छक्का र ६ चौकाको मद्धतमा ५७ रन बनाएका थिए ।

आयरले पनि अर्धशतक पुरा गरे । ४३ बलको सामना गरेका आयरले २ छक्का र ३ चौकासहित ५३ रन बनाए । यस्तै, मर्कूस स्टोइनिसले १८, एलेक्स क्यारीले १४ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनादकदले २ तथा कार्तिक त्यागी र श्रेयास गोपालले एक-एक विकेट लिए ।

यसअघि भएको पहिलो लिगमा दिल्ली ४६ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...