सामाजिक सञ्जालमा खुट्टाको फोटो राखेर लाखौँ कमाउने मोडल !

328

एजेन्सी । आजकल धेरै व्यक्तिहरू इन्टरनेटमा फुड ब्लगर, शिक्षक, जिम विज्ञ, खेलौना समीक्षक बनेर कमाइरहेका छन् । कोरोना भाइरसका कारण व्यक्तिहरू पहिलेभन्दा सामाजिक सञ्जालमा बढी निर्भर भएका छन् ।

इन्टरनेटको उपयोग पनि बढेको छ । यो परिवर्तन विश्वभर सामग्री सिर्जनाकर्ताहरूको लागि वरदान साबित भइरहेको छ । जर्जियाले पनि इन्टरनेटलाई त्यस्तो पैसा कमाउनको लागि हतियार बनाइन् । उनी सामाजिक सञ्जालमा आफ्नो खुट्टाका फोटोहरू सेयर गरेर लाखौँ रूपैयाँ कमाइरहेकी छन् ।

सामाजिक सञ्जालमा २३ वर्षीय जर्जियाको लागि पैसा कमाउने माध्यम बनेको छ । उनी एक मोडेल र रिसेप्सनिस्ट हुन् । रिपोर्टकाअनुसार जर्जियाले सामाजिक सञ्जालमार्फत पैसा कमाउने उपायहरू सोचिरहेको समयमा उनलाई खुट्टाको फोटो राखेर पैसा कमाउने विचार आयो ।

जर्जियाले गत जुनमा एउटा फेसबुक पेज बनाइन् । जसमा अहिले ४५ हजारभन्दा धेरै फलोअर्स रहेका छन् । उनले सोही पेजमार्फत आफ्नो खुट्टाको फोटो बेचेर सातामा करिब ४ सय ८० युरो आम्दानी गरिरहेकी छन् । उनको मासिक आम्दानी अहिले ३ लाखभन्दा धेरै रहेको छ ।

उनले भनिन्, “म सधैँ मोडल हुन चाहन्थेँ तर आफूलाई त्यहाँबाट बाहिर जान डर लाग्दथ्यो । मैले नग्न फोटो वा अश्लील सामग्रीको सट्टा मेरा खुट्टाको तस्विर मात्र पोष्ट गर्न सुरू गरेँ र मानिसहरूले यसलाई मन पराउन थाले, जसमार्फत मैले राम्रो आम्दानी गर्न थालेँ ।”

Share This:
सम्बन्धित खबर
Loading...