एनआरएनए विज्ञ सम्मेलन : साइबर सेक्युरिटी लमा लगानी गर्न सुझाव

138

काठमाडौं । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेसन कम्युनिकेसन एण्ड टेक्नोलोजी सेसनमा वक्ताले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

पूर्वमन्त्री गणेश शाहले डिजिटल ट्रान्सफरमेसनलाई विशेष जोड दिनुपर्ने बताउँदै कोभिड महामारीपछि शिक्षामा आइटी प्रयोगमा जोड दिन आवश्यक देखिएको बताए ।

डिजिटल साक्षरता बढाउन गैरआवासीयले ध्यान दिनुपर्छ भन्दै उनले स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान सकिने भनाइ राखे ।

होवार्ड युनिभर्सिटीका प्रा दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताए । युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रा राजीव कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताए । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।

एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर ड वेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताए । प्रविधि आत्मसात् गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँदै उनले फाइभ जी नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने भनाइ राखे ।

नेपाल प्रहरीका पूर्वअधिकृत राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धित हुने बताए । नेपाल र भारतको नक्शा विवादसँगै नेपाल र भारतका ह्याकरले वेबसाइट ह्याक गर्ने गरेको उनले बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताउँदै साइबर नभएका ठाउँमा छिट्टै फाइबर विस्तार गरिने जानकारी दिए । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको बताए । छ प्रदायक संस्थाले मोबाइल सेवा दिइरहेको बताउँदै उनले डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

वर्ल्डलिंक कम्युनिकेसन चिफ टेक्निकल अफिसर समित झानाले साइबर सेक्युरिटी लको विषयतिर लगानी गर्न आवश्यक देखिएको सुझाव दिए ।

Share This:
सम्बन्धित खबर
Loading...