तेवाटिया र गार्गकाे अर्धशतकीय साझेदारीमा राजस्थान पाँच विकेटले विजयी

140

काठमाडाैं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत खेलमा राजस्थान रोयल्स विजयी भएको छ । आइतबारको पहिलो खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको हो ।

१ सय ५९ रनको लक्ष्य पच्छाएको राजस्थानको सुरुवात भने खराब रह्यो । राजस्थानका तीन जना ब्याट्सम्यान सस्तैमा आउट भए । २६ रनमा महत्वपूर्ण तीन विकेट गुमाएको राजस्थानका लागि राहुल तेवाटिया र रियान गार्गले छैटौँ विकेटका लागि ८५ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

तेवाटिया ४५ र गार्ग ४२ रनमा नटआउट रहे । यस्तै, सञ्जु सामसनले २६, रोविन उथप्पाले १८ तथा जोस बट्लरले १६ रनको योगदान दिए ।

हैदराबादका राशिद खाान र खलील अहमदले समान दुई-दुई विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा १ सय ५८ रन बनाएको थियो ।

पावरप्लेलमा सामान्य सुरुवात गरेको हैदराबादले ४.४ ओभरमा ओपनर जोनी बेइस्ट्रेलाई गुमाएको थियो । व्यक्तिगत १६ रन बनाएका बेइस्ट्रो कार्तिक त्यागीको बललाई खेल्ने क्रममा सञ्जु सामसनको हातबाट क्याच आउट भए ।

यसैगरी, दोस्रो विकेटका लागि मनिष पाण्डेसँग ७३ रनको अर्धशतकीय साझेदारी गरेका कप्तान डेविड वार्नर ४८ रनमा जोफ्रा आर्चरको बलमा बोल्ड आउट भए । उनी अर्धशतक बनाउनबाट दुई रनले चुके । ४४ बलमा ३ छक्का र २ चौकाको मद्धतमा ५४ रन बनाएका मनिष पाण्डे, जयदेव उनादकदको स्लो बाउन्सरलाई खेल्ने क्रममा डिप विकेटमा राहुल तेवाटियाले क्याच गरे ।

यस्तै, हैदराबादका केन विलिम्सनले नटआउट २२ तथा प्रियम गार्गले १८ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनादकदले समान एक-एक विकेट लिए ।

हैदराबादमाथि जित हात पारेको राजस्थान ६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने हैदराबाद पाँचौँ स्थानमा यथावत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...