होप फर ह्युम्यानिटी नेपालकाे अगुवाइमा खुलामञ्चमा खाना वितरण

221

काठमाडौं । नेपालमा लामो समय बन्दाबन्दी र निषेधाज्ञा भएको अन्त्य भएपनि मानिसहरुको जीवनयापन समान्य भइ सकेको छैन । मानिसहरुले भनेको काम पाएका छैनन्, कतिपयलाई आफ्नो पेटपालन गर्न समेत धौ धौ परिरहेको छ । यस्तै अवस्थामा रहेका मानिसहरुलाई शनिबार काठमाडाैंको खुलामञ्चमा होप फर ह्युम्यानिटी नेपाल (एचएचएन) ले खाना खुवाएका छन् ।

सामाजिक कार्यमा अग्रसर हुँदै आएको यो संस्थाले शनिबार भेला भएका करिब २ सयभन्दा बाढीलाई खाना खुवाएको थियो । साथै उक्त संस्थाले गसिप क्वुइन, हाम्रो सानो प्रयास र हाम्रो टिम नेपाललाई खाद्यन्न सामग्रीसमेत दिएका छन् । यी संस्थाहरुले दिनहुँ खुलामञ्चमा खाना खुवाउने कार्य गरिरहेका छन् ।

होप फर ह्युम्यानिटी नेपालकी अध्यक्ष विमला सिग्देल सापकोटाले दिनदुःखीहरुलाई खाना खुवाउने अभियानमा धेरै थोरै सहयोग गर्न पाउँदा एकदमै खुशी लागेको बताइन् । उनले भनिन्, ‘‘हाम्रो टिमद्वारा दिनदुःखीहरुलाई खाना खुवाउने अभियानतमा थोरै भएपनि खाद्यन्य सहयोग गर्न पाउँदा अत्यन्तै खुसी र प्रोत्साहित भएका छौँ।’’ साथै उनले यस्ता कार्यले हामिलाई जोस, जाँगर र हौसला मिलेको बताउँदै चाँडै अन्य कार्य पनि गर्ने बताइन् ।

अघिल्लो शनिबार असोज १० गते मात्र होप फर ह्युम्यानिटी नेपाल, एस वि क्यान नेपाल र गगन नगर विकास समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...