उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर मौजुद

897

काठमाडौं । सरकारले कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्नका लागि काठमाडौंमा उपत्यकामा १ सय ८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बिहीबार नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु शय्या र २७ वटा भेन्टिलेटरमा गम्भीर संक्रमितको उपचार भइरहेको जानकारी दिए ।

उनका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् । अहिलेसम्म २ सय ३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । ती मध्ये बागमती प्रदेशमा १ सय २८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६ सय आइसियु र ९ सय भेन्टिलेटर रहेका छन ।

आज काठमाडौं उपत्यकामा दुई हजार ५ सय ४० जना कोरोनाका संक्रमित भेटिएका छन । उपत्यकामा अहिलेसम्म ३६ हजार ३ सय ११ जना संक्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए । आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनले बताए । उनले सामान्य लक्षण र लक्षणविहीन संक्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरे ।

मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...