धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड

138

हेटौंडा । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि बागमती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे । उनले रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए । मुख्यमन्त्री पौडेलले रङ्गशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रङ्गशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रङ्गशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...