साढे दुईलाख नगदसहित २९ जुवाडे पक्राउ

147

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद रु दुई लाख ५१ हजार ४ सयसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट आठ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...