जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो

380

बर्लिन, सिन्ह्वा । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७ सय ५३ जना पुगेको छ ।

साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । जर्मनीमा यस कोभिड भाइरसको दोस्रो वेभ आएको बताइएको थियो ।

त्यसैले पनि पछिल्लो समयमा यहाँ धेरै संक्रमितहरु देखिएको बताइएको छ । यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १ सय ३ जनाको ज्यान गएको छ । यो सँगै यहाँ यस कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५२ जना पुगेका छन् ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको समाचार यसअघि नै आएको थियो । यहाँको सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने कि भनेर पनि परामर्श गरिरहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...