दिल्लीमा एकैदिनमा अहिलेसम्मकै उच्च संक्रमण

155

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८ सय ९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

दिल्ली प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६ सय ४४ जना संक्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७ सय ३९ जना नयाँ संक्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६ सय ७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४ सय ३३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन ।

दिल्लीमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८ सय ११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३ सय ६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् ।

त्यसैगरी कोरोना भाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४ सय ७० जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...