पछिल्लो २४ घन्टामा थप ३,५१७ जनामा कोरोना संक्रमण पुष्टि

138

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय १७ जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १४ हजार ९ सय ८९ जनाको स्वास्थ्य परीक्षण गर्दा दुई हजार १ सय ५६ पुरुष र एक हजार ३ सय ६१ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या चार हजार ९६ छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको छ । हाल देशभर दुई हजार ६ सय ६६ जना क्वारेन्टिनमा छन् ।

थप १६ को मृत्यु
हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा एक हजार ८८८
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म काठमाडौं जिल्लामा कूल संक्रमितको सङ्ख्या ६० हजार ७ सय ४२ पुगेको छ । तीमध्ये ४४ हजार २ सय ८८ जना निको भएका छन् भने २ सय १२ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा कूल संक्रमितको सङ्ख्या आठ हजार ५ सय ९९ रहेकामा ६ हजार १ सय ९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा पाँच हजार ६ सय ५० जना संक्रमित भएकामा चार हजार ४ सय २२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...