प्रदेश एकमा १,९६०को पिसिआर परीक्षण : ५६९ जनामा कोरोना संकमण पुष्टि

219

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५ सय ६९ जना कोरोना संक्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९ सय ६० जनाको पिसिआर परीक्षणमा २ सय २३ महिला र ३ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा मोरङका २ सय ५३ मध्ये विराटनगमा १ सय ४७, झापाका १ सय ४३, सुनसरीका १ सय १२, उदयपुरका १२, इलामका ११, धनकुटाका चार, भोजपुरका तीन, सोलुखुम्बुका दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको सङ्ख्या १८ हजार ९ सय ५३ पुगेको छ ।

यस प्रदेशमा शुक्रबार ६ सय १९ जना संक्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७ सय ९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ ।

७१ पत्रकार संक्रमित
प्रदेशएकमा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना संक्रमण भएको छ । प्रदेश नम्बर १ का नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु संक्रमणमुक्त भएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई शुक्रबार कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो । शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।

Share This:
सम्बन्धित खबर
Loading...