कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

142

लुम्बिनी । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना संक्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको जनाइएको छ ।

कात्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो ।

कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार हुँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । उनलाई यसअघि नै ज्वरो, निमोनिया, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास समस्या रहेको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...