चन्द समूहका कार्यालय सचिव पक्राउ

145

कञ्चनपुर । नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...