देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री

136

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा बिहीबार सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।

यसैबीच पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश नम्बर २ सरकारले यही कात्तिक १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...