नेपालगञ्जबाट २९ लाखसहित १० जुवाडे पक्राउ

157

राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ४८ हजार ७ सय नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार, तास खेलिरहेका नेपालगञ्ज–४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज–६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज–१० निवासी टोपबहादुर शाही, नेपालगञ्ज–७ निवासी रविन राणा र नेपालगञ्ज–१ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई कानूनबमोजिम कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...