हुम्लाका ८० घरपरिवारलाई निःशुल्क सेनिटाइजर

162

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा लामो समयदेखि सञ्चालनमा रहेको न्यु भिजन चर्चले जिल्ला कोरोना उच्च संक्रमणको जोखिममा रहेको जनाइ ताक्ला र बाम्टा गाउँका घरधुरीलाई सेनिटाइजर सहयोग गरेको हो ।

ग्रामीण बस्तीका नागरिकले कोरोना संक्रमणबाट बच्न र व्यक्तिगत सरसफाइमा जोड दिऊन् भन्नका लागि सेनिटाइजर सहयोग गरिएको चर्चका कालीबहादुर बोहराले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...