हुम्लामा संकलन गरिएको स्वाब सुर्खेत पठाइयो

132

सिमकोट । जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पिसिआर परीक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ ।

पोजेटिभ देखिएका चार जनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब बुधबार बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।

हुम्लामा हालसम्म नौ जनामा कोरोना संक्रमण देखिएको छ भने चार सक्रिय संक्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...