यती एअरलायन्सले ल्यायो यात्रा गर्ने जोडीलाई दसैँ अफर

227

काठमाडौं । यती एयरलायन्सले बडादसैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ ।

एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलायन्सको काठमाडौं-अबुधाबी-काठमाडौंको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ ।

दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ ।

आफ्नो २२औं वार्षिक उत्सव मनाउने क्रममा एयरलायन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको एयरलायन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...