जाजरकोट । छेडागाड नगरपालिका–३ दशेरामा माटो खन्दा ढिस्काले पुरिएर शनिबार अपराह्न दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छेडागाड–३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहाल छन् ।
अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।