गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ४ सय ५९ पुगेको छ । अद्यावधिक विवरणअनुसार शनिबार मात्रै प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४ सय ७७ पुगेको छ ।
प्रदेशमा तीन हजार ८ सय १५ जना कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ ।