कोरोना संक्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

157

जनकपुर । जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराए ।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृत्यु भएकी महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...