सात महिनापछि नेपाल एयरलायन्सको ताप्लेजुङ उडान

255

फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलायन्सले सात महिनापछि पहिलो पटक बुधबारदेखि उडान सुरु गरेको छ ।

कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल एयरलायन्का ताप्लेजुङको स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौंदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलायन्स ताप्लेजुङ सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले बुधबार सीमित यात्रु ल्याएको हो ।

काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा ६ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...