हावाहुरी पीडितलाई राहत वितरण

150

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नम्बर १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १ सय ७० परिवारलाई चामल वितरण गरिएको हो ।

गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै खेती हुने गरेको छ । फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो । पीडितका लागि गाउँपालिकाले रु पाँच लाख लागतमा २ सय ४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...