४८ घण्टासम्म टिक्ने ब्याट्री भएको नोकिया २.४ स्मार्टफोन नेपालमा

234

 

काठमाडौं– HMD ग्लोबलले  नोकिया २.४ स्मार्टफोन आइतबार नेपालमा सार्वजनिक गरेको छ । स्मार्टफोनमा ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको कम्पनी ले बताएको  छ ।

यो फोनमा रहेको ४५०० एमएएच क्षमताको ब्याट्री ४८ घण्टा अर्थात् दुइदिनसम्म राम्रोसँग टिक्ने दाबी कम्पनीले दाबी गरेको छ। तपाईंले आफूलाई मन पर्ने एप र गेमहरु ढुक्कसाथ खेल्न सक्नुहुन्छ। कुन एप बढी प्रयोग गर्नुहुन्छ भन्ने यो  फोनले थाहा पाउँछ र त्यसैअनुसार पावरलाई प्राथमिकता दिन्छ । त्यसैले  तपाईंले आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सक्नुहुनेछ  ।

फिंगरप्रिन्ट र फेस अनलक जस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर पनि समाबेश  छन् । एन्ड्रोइडको प्रतिज्ञा अनुसार नोकिया २.४ मा तीन वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्मको ओएस अपडेट मिल्नेछ । यो फोनको क्यामेराको सिरिजमै पहिलो पटक डुअल क्यामेरा भएको, एआई इमेजिंगबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट शट फिचर समावेश गरिएको छ  ।यसमा भएको नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगबाट नोकिया २.४ ले अध्यारो अवस्थामा पनि जीवन्त विवरणहरु कैद गर्न सक्दछ ।

यो फोन अहिले ग्रे रंगमा उपलब्ध रहेको छ । फोनको  स्टोरेज दुई जीबी र्‍याम र ३२ जीबी रोम रहेको छ । यो फोन नेपाली बजारमा रु १४ हजार ५ सय ९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...