पछिल्लो २४ घण्टामा थप ३,७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

160

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको जानकारी दिए ।

जम्मा संक्रमित १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९४ हजार ५ सय १ पुगेको छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार चार सय ७० छ ।

संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेसन र २६ हजार ९ सय २७ होम आइसोलेसनमा रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४ , २ मा ७ सय १३, बागमतीमा सात हजार ८ सय ५५, गण्डकीमा ९ सय ९०, लुम्बिनीमा एक हजार ८ सय २०, कर्णालीमा ४ सय ५३ र सुदूरपश्चिममा ५ सय ३६ छन् । त्यस्तै होम आइसोलेस नमा प्रदेश १ मा चार हजार २ सय ३२ , २ मा दुई ७ सय ३५ , बागमतीमा १७ हजार २ सय २५ , गण्डकीमा ९ सय २५ , लुम्बिनीमा ४ सय २०, कर्णालीमा ८ सय ७ र सुदूरपश्चिममा ५ सय ८३ छन् ।

देशभर २ सय ८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३० , २ मा १३, बागमतीमा १ सय ५३, गण्डकीमा २०, लुम्बिनीमा ५१ , कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ संक्रमित भेण्टिलेटरमा छन् ।

आजसम्म बाह्र जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् । त्यस्तै हाल संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका संक्रमितमध्ये दुईहजार ३ सय ८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका दुईहजार ८, ललितपुरका २ सय ८१ र भक्तपुरका ९९ जना छन् ।

थप १८ को मृत्यु
पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ सय ५७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...