काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई सोमबार कोरोना संक्रमण भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
साथै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
आजको PCR परीक्षण रिपोर्टमा
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।— Basanta Kumar Nembang (@nembang_basanta) October 19, 2020