काठमाडौं । चेन्नइ सुपर किङ्स फराकिलो अन्तरले विजयी भएको छ । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा किङ्स इलावेन पञ्जावमाथि १० विकेटले विजयी भएको हो ।
१ सय १९ रनको लक्ष्य पच्छाएको चेन्नइले १७.४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । चेन्नएका सेन वाट्सन र फाफ डु प्लेसिसले १ सय ८१ रनको साझेदारी गर्दै जित दिलाए । समान ८३ बलको सामना गरेका वाट्सन र प्लेसिसले नटआउट ८३ र ८७ रनको पारी खेले ।
यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा १ सय ७८ बनाएको थियो ।
पहिलो विकेटका लागि लोकेश राहुलसँग अर्धशतकीय साझेदारी गरेका मयंक अग्रवाल टोलीको ६१ रन हुँदा आउट भए । राहुलले सर्वाधिक ६३ रनको पारी खेले । यस्तै, निकोलास पूरनले ३३, मन्दीप सिंहले २७, अग्रवालले २६ तथा सर्फराज खानले १४ रनको योगदान दिए ।
चेन्नइका शार्दूल ठाकुरले २, रविन्द्र जडेजा र पियुस चावलाले समान १-१ विकेट लिए ।
जितसँगै चेन्नइ पाँच खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पराजित पञ्जाव तालिकाको पुछारमा पुगेको छ ।