सहुलियत दरमा चिनी र नुन बिक्री

335

लहान । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेसन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण सुरु गरेको छ ।

साल्ट ट्रेडिङ्ग कार्पोरेसन चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिए ।

गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मंसिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...