कोरोनाबाट चितवन मेडिकल कलेजमा सर्लाहीका ४२ वर्षीय पुरुषको निधन

108

भरतपुर । सर्लाही, लालबन्दी नगरपालिका वडा नम्बर ८ का ४२ वर्षीय एक संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

यही असोज १५ गते कलेजामा समस्या भइ अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसियु कक्षमा राखी उपचार हुँदाहुँदै आइतबार साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए ।

चितवनमै आइतबार बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका –७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...