भरतपुर महानगरद्वारा रङ्गशालाका लागि डेढ करोड प्रदान

152

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आइतबार हस्तान्तरण गरिन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिइन् ।

फाउण्डेसनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...