नवलपरासी पूर्वका एक सय जनासहित गण्डकीमा थपियो १६० संक्रमित

101

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १ सय ७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा नवलपरासी पूर्वका १ सय जना छन् भने तनहुँका २८ जना, बाग्लुङका १८ जना, लमजुङका छ जना, कास्कीका चार जना एवं स्याङ्जा र गोरखाका दुई÷दुई जना रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ भने दुई हजार ८ सय ८२ जना निको भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार २ सय ५९ पुगेको निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...