धवनकाे शतकीय पारीकाे मद्धतमा दिल्ली क्यापिटल्स पाँच विकेटले विजयी

226

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्स विजयी भएकाे छ । शनिबार राति भएकाे खेलमा दिल्लीले चेन्नइ सुपर किङ्सलाई पाँच विकेटले पराजित गर्दै पुनः शीर्ष स्थानमा उक्लिएकाे हाे ।

 १ सय ८० रनकाे लक्ष्य पाएकाे दिल्लीले एक बल बाँकी रहँदा पुरा गर्याे । दिल्लीकाे जितमा शिखर धवनले १ सय १ रनकाे शतकीय याेगदान दिए । ५८ बलकाे सामना गरेका धवनले एक छक्का र १४ चाैकाकाे मद्धतमा १ सय १ रनकाे नटआउट पारी खेले । प्रतियाेगितामा धवन शतक प्रहार गर्ने तेस्राे खेलाडीसमेत बने । यसअघि पञ्जावका दुवै ब्याट्सम्यान लाेकेश राहुल र मयंक अग्रवालले शतक प्रहार गरेका छन् ।

यसैगरी, मर्कूस स्टाेइनिसले २४, श्रेयास आयरले २३ तथा अक्षर पटेलले अविजित २१ रन जाेडे ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा १ सय ७९ बनाएको थियो ।

चेन्नइका लागि फाफ डु प्लेसिसले ५८, अम्बाती रायुडुले नटआउट ४५, सेन वाट्सनले ३६ रनको योगदान दिए । यस्तै, रविन्द्र जडेजाले अविजित ३३ तथा महेन्द्र सिंह धोनी ३ र साम कुरान शून्य रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्ट्जेले २ तथा कगिसो रबडा र तुशार देशपाण्डेले एक-एक विकेट लिए ।

जितसँगै दिल्ली पुनः शीर्ष स्थानमा उक्लिएकाे छ । दिल्लीले ९ खेलबाट ७ मा जित र २ खेलमा हार ब्याहाेर्दै १४ अंक जाेडेकाे छ । दाेस्राे स्थानमा रहेकाे मुम्बइले एक खेल कम खेलेकाे छ र उसकाे १२ अंक रहेकाे छ । पराजित चेन्नइ ६ अंकसहित छैटाैँ स्थानमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...