काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नइ सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेकाे चेन्नइले निर्धारित २० ओभरमा १ सय ७९ बनाएकाे थियाे ।
चेन्नइका लागि फाफ डु प्लेसिसले ५८, अम्बाती रायुडुले नटआउट ४५, सेन वाट्सनले ३६ रनकाे याेगदान दिए । यस्तै, रविन्द्र जडेजाले अविजित ३३ तथा महेन्द्र सिंह धाेनी ३ र साम कुरान शून्य रनमा आउट भए ।
दिल्लीका एनरिच नाेर्ट्जेले २ तथा कगिसाे रबडा र तुशार देशपाण्डेले एक-एक विकेट लिए ।