बंगलादेशमा कोभिड-१९ संक्रमितमध्ये ७८ दशमलव ०५ प्रतिशत संक्रमणमुक्त

150

ढाका । बंगलादेशमा कोभिड–१९ संक्रमितमध्ये ७८.०५ व्यक्ति संक्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुस्लिम बहुल यो मुलुकमा संक्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ ।

महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २ सय ९ थप व्यक्ति कोभिड–१९ संक्रमित भएका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ ।

शनिबारसम्म कूल तीन लाख ८७ हजार २ सय ९५ संक्रमित भएका छन् भने पाँच हजार ६ सय ४६ संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

सरकारी तथ्याङ्क अनुसार बंगलादेशमा विगत २४ घण्टामा ११ हजार ५ सय ७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

बंगलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...