प्रतिनिधिसभाका यी ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण [सूचीसहित]

71

काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासमेत छन् ।

अजयकुमार चौरसिया, उदयशमशेर जबरा, टेकबहादुर गुरूङ (निलम्बित), वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

यसैगरी विवरण नबुझाएमा ५ हजार जरिबाना हुने छ । साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिको सम्पत्ति शंकास्पद मानेर छानबिन गर्न सक्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...