काठमाडौँ, २ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्यवृद्धि भएको जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य आइतबारदेखि लागु हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ३१ रूपैयाँ, डिजेलमा प्रतिलिटर ५४ रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २१६ रूपैयाँ वृद्धि गरिएको छ ।
सो मूल्यवृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १८८ रूपैयाँ, डिजेल १९६ रूपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।