सुनचाँदीको मूल्यमा सामान्य गिरावट

6

काठमाडौँ, २८ कात्तिक । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मूल्य ५०० रूपैयाँले र त्यति नै परिमाणको चाँदीमा ६० रूपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० रूपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० रूपैयाँ र चाँदी तीन हजार ३४५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...