दसैँको दुई दिन नेपाल प्रहरीको निःशुल्क बस सञ्चालन

16

काठमाडौँ, २५ असोज । नेपाल प्रहरीले दसैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौँ उपत्यकाका दुई रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस सञ्चालन गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले दसैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।

प्रहरीले हरेक वर्षको दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...