हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौँ : मन्त्री पाण्डे

12

काठमाडौँ, १८ असोज । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाडसँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौँ ।’ मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताउनुभयो ।

उहाँले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढीकरण गर्ने उद्घोष गर्नुभयो ।

मन्त्री पाण्डेले ट्रेड युनियनलगायतका संघ, संस्थाहरुले सत्य, तथ्य कुरा मात्रै पस्कनुपर्ने भन्दै नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गर्नुभयो ।

मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरको समेत अवलोकन गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...