ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

93

खाँदबारी, १२ पुस । सङ्खुवासभाको मकालु गाउँपालिका-५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे को२त ८२३९ नम्बरको ट्याक्टर मकालु- १ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट लिएर जाने क्रममा वालुङको दिङसुमा अचानक भिरबाट करिब ३५ मिटर तल खस्दा चालक स्थानीय २७ वर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...