झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

32

झापा, ६ मंसिर । जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

शिविरको सेक्टर नम्बर २ को हट नं २५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जंगल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमै मृत भेटिएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...