रौतहटबाट अत्याधुनिक हतियार बरामद

21

काठमाडौँ, ४ मंसिर । सशस्त्र प्रहरी बलले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्युरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार ९ एमएम पेस्तोल तीन थान, त्यसमा प्रयोग हुने १३ थान गोली, ६ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्युरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन युएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकतासमेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेसन जारी रहेको प्रहरीको भनाइ छ ।

हतियार बरामदपछि स्थानीयले ढुंगामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देवाहीको गाडीको सिसा फुटेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...