काठमाडौँ, ५ फागुन । दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।
सामसुङ इलोक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस–२३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो । ग्यालेक्सी एस–२३ श्रृंखला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ ।
ग्यालेक्सी एस–२३ अल्ट्रा, ग्यालेक्सी एस– प्लस र ग्यालेक्सी एस–२३ उपलब्ध भएका देशहरूको संख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ ।
पछिल्लो साता दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस–२२ श्रृंखलाका लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डर अघिल्लो रेकर्डलाई उछिनेको छ ।