त्रिभुवन विमास्थलका महाप्रबन्धक प्रेम ठाकुर निलम्बित

54

काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको अडिओ बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको बताइएको छ ।

उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...