जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : सुवास नेम्वाङ [भिडिओ]

67

काठमाडौँ, १४ माघ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकमा भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन् ।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उनले संविधानमा जुनसुकै कुराको जबाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताए । उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पुर्‍याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पुर्‍याउने धारणा राखे ।

उनले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा ६ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताए । उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो ८/१० वर्षमा भत्कने अवस्था नरहेको बताए ।

“जनताले जनताका निम्ति बनाएको संविधान हो,” उनले भने, “यो संविधान कुनै राणा शासन, राजाले नभई जनता आफैँले बनाएको हुनाले ८/१० वर्षमा भत्कने अवस्था खतरा छैन ।” उनले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...