उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा रानाको उम्मेदवारी दर्ता

68

काठमाडौँ, ६ माघ । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तााव पेस हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...