राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

176

काठमाडौँ, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ ।

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसद्‌मा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

रवि लामिछाने नेतृत्वको सो पार्टीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

जारी बैठकमा पार्टीबाट मन्त्रिपरिषद्‌मा सहभागी हुने नेताको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...